१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी १० विकेटले विजयी

इटहरी -  त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार इनरुवा क्रिकेट मैदानमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) लाई १० विकेटलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।


खेलमा एमएमसीले टस जितेर ब्याटिङ गर्दै त्रिभुवन आर्मी क्लबलाई ५७ रनको लक्ष्य दिएको थियो। खेलमा त्रिभुवन आर्मी क्लब बलरसामु एमएमसीका खेलाडीले खुलेर खेल्न सकेनन्। आर्मीका मुख्य बलर सुशन भारी एक्लैले उल्लेखनीय प्रदर्शन गर्दै ८ ओभरमाा ३ मेडनसहित १६ रन दिएर ७ विकेट लिए। त्यस्तै हरिबहादुर चौहानले ५ ओभरमा २८ रन दिएर २ विकेट र शाहब आलमले १ विकेट लिएका थिए।


जबाफी ब्याटिङमा मैदानमा आएका आर्मीका ब्याट्सम्यान कुशल मल्लले १९ बलमा ५ चौका र २ छक्काको मद्दतले ३५ रन र हरिशंकर झाले ११ बलमा २ चौका र १ छक्काको मद्दतले २० रन बनाउँदै टोलीलाई जित दिलाएका थिए। ब्याटिङमा एमएमसीका खेलाडी सुशान्त तिम्सिनाले १५ रन, सोनु मण्डलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अंक छुन सकेनन्। मंगलबारको जितसँगै समूह ‘ए’ को विजेता बन्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
 

प्रकाशित: २३ पुस २०७६ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App