१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मलेसियामा भ्रमण वर्षको प्रवर्द्धन

काठमाडौं –  क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरेको छ। सरकारले २०२० भित्र २० लाख पर्यटक भित्र्याउन लक्ष्य सहित अधि सारेको भ्रमण बर्ष सफल बनाउन धेरै भन्दा धरै मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले प्रर्वदन गर्न कार्यक्रममो आयोजना गरेको जनाएको छ।  

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायत सरकारी कार्यालय, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, मलेसिया र नेपालबीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, यात्रा व्यवसायी, होटल सञ्चालक, उद्योगी तथा व्यापारिक वर्गका साथै स्थानीय सञ्चारकर्मीको सहभागिता रहेका नेपाली दूतावासले जनाएको छ।  

 त्यस अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताएका छन्। उनले पर्यटनको विकासका लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानवस्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २३ पुस २०७६ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App