१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाडोमा न्यानो बाड्दै युवाहरु, घर नजिकैका सरकार बेखबर

सिरक बितरण गरिएका सुनार परिवार। तस्बिरः दिनेश/नागरिक

रोल्पा - पुषको कठ्याङ्ग्रिदा जाडो। यस्तो जाडोमा न लगाउने लुगा छ,  न ओढ्ने आछ्याउने नै। । यो दयनिय अवस्था हो सदरमुकाम नजिकै रोल्पा नगरपालिका २ रेउघा घर भएका ६० वर्षिय गोपाल सुनार परिवारको। परिवारमा ५९ वर्षिय प्रशाद सुनार र ५८ वर्षिया आसरा सुनारलाई रात बिताउन साह्रै गाह्रै।

सारिरीक हिसाबले जन्मजात अपाङ्ग उनीहरुसंग लगाउने कपडा पनि छैन। रात कटाउन ओढ्ने कपडा पनि छैन। आर्थिक रुपले अति बिपन्न परिवारका यिनिहरुसंग न पेटभरि खाने कुरा समेत छैन। वरपर खोजेको दाउराले खाना पकाउन समेत हम्मे हम्मे हुन्छ।

सुनार परिवारको जस्तै अलि पर थापा परिवारको अबस्था पनि उस्तै छ। उमेरले प्रौढ अवस्थाका कामी थापा र रुईचे थापाको परिवार पनि जाडो छल्न संघर्ष गर्नु परिरहेको देखिन्छ। केहि दिनपहिले आगोले खुट्टा जलेकी रुईचेकि श्रीमतीको उपचार गर्न नसकेपछि चिसोको कारणले आइतवार मृत्यु भयो।

सरकारले गरीब घरपरिवार पहिचान गरेको भए पनि यहाँ अति बिपन्न परिवारले कुनै सुविधा पाएका छैनन्। घरछेउमै पुगेका सिंहदरबारले पनि कुनै वास्ता गरेका छैनन्। रोल्पामा सदरमुकाम छेउका सुनार र थापा परिवार जस्तै अन्य पनि बिपन्न घरहरु छन्। घर छेउमा अधिकारसहित आएको भनिएको सरकारले कम्तिमा जनताको जन जीविकामा पनि ध्यान दिनु पर्ने देखिन्छ।

एकै घरका तीन अपाङ्ग भाई बहिनइी र थापा परिवारको दयनिय अवस्था देखेपछि स्थानीय युवाहरुको सकृयतामा उनिहरुलाई एक एक वटा सिरक र दाउरा बितरण गरिएको छ। सतप्रयास मिडिया गु्रपको अभियानमा लागेका उनिहरुले सुनार परिवारसंगै छिमेकी गाउँ हुम्जाका थापा परिवारलाई सिरक र दाउरा बितरण गरेका हुन्। उनिहरुको आर्थिक अवस्था साह्रै नाजुक देखेपछि कोशिस अभियानका अभियन्ताले रकम उठाएर दाउरा र सिरकको जाहो गरेको कुलबहादुर डागीले बताए।

प्रकाशित: २२ पुस २०७६ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App