१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ। पुस २३ गते बस्ने भनिएको बैठक माघ १५ गतेको लागि सरेको हो। नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको निर्वाचनमा जुट्नु पर्ने भएको भन्दै बैठक सार्ने निर्णय गरेको हो।

सत्तारुढ नेकपाले शुक्रबार राष्ट्रिसभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको थियो। जसमा प्रदेश एकबाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ। त्यसै प्रदेश दुईमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ।

प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।

प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र  अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ। त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन्।

सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते मनोनयन हुँदैछ।

 

प्रकाशित: २० पुस २०७६ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App