संसद् अवरुद्ध पार्ने प्रवृति राष्ट्रहीत नभई राष्ट्रघात हो: उपप्रधानमन्त्री निधि

बुधबार, ०६ पुष २०७३, १५ : ३६ नागरिक

तम्घास (गुल्मी)-उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरे ।  संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ, नेपाली काँग्रेस गुल्मीका पूर्वपार्टी सभापति चन्द्रबहादुर केसीका पिता स्वर्गीय ज्ञानबहादुर केसीको ११ औं दिनको पुन्यतिथिका स्मृतिमा गुल्मीको भाडगाउँमा आज आयोजित शोकसभामा उनले भने — “उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।”

नेपाली काँग्रेसका नेता समेत रहेका उपप्रधान एवम् गृहमन्त्री निधिले एमालेलाई मुढेबल छोडेर सके विपक्षमा मतदान गर्नसमेत चुनौती दिए। प्रदेशको सीमाङ्कन गर्नुभनेको प्रदेश टुक्र्याउनु नभएको भन्दै उनले टुक्र्याउनु र सीमाङ्कन गर्नु अलग/अलग कुरा भएको टिप्पणी गरे।

उपप्रधानमन्त्री निधीले संविधान संशोधन प्रस्ताव गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम र प्यूठानका जनताको हितमा भएको भन्दै यसले जनतालाई कमजोर हैन शक्तिमा वृद्धि गर्ने काम गरेको  दाबी गरे।

एमालेको ‘लहलहै’मा लागेर आन्दोलनमा उत्रनुको कुनै औचित्य नरहने भन्दै उहाँले आन्दोलनलाई छोडेर पार्टीको निर्णयमा साथ दिन काँग्रेस कार्यकर्तालाई निर्देशनसमेत दिए।

शोकसभामा रक्षामन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँडले हामी सबैका लागि मुलुक ठूलो भएको भन्दै देशका गम्भीर मुद्दालाई एमालेले राजनीतिकरण गरेर मुलुकलाई झन जटिल अवस्थामा पु¥याउन खोजेको आरोप लगाए।  एमालेको राष्ट्रवादको नारा विल्कुलै नक्कली राष्ट्रवाद भएको टिप्पणीसमेत उनले गरे ।

वनमन्त्री शङ्कर भण्डारी, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, सांसद अर्जुनप्रसाद जोशी, धु्रव वाग्ले र कृष्णबहादुर छन्तेल लगायतले संविधान कार्यान्वयनमा सबै दलहरु एक भएर अगाडी बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए।  नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले संविधान संशोधन प्रस्ताव जनताको हित विपरित भएको बताए। रासस






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad