१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारी कार्यालयको पनि विद्युत् काटियो

चितवन-नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने सरकारी र निजी क्षेत्रका विद्युत् लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ ।
साठी दिनभन्दा लामो समय विद्युत् महसुल नतिर्ने जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालय, नापी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयसहित निजी ग्राहकको विद्युत् लाइन काटिएपछि रकम भुक्तान गरी ती कार्यालयले पुनः विद्युत् लाइन जोडेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए।

हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार केन्द्रका कर्मचारीले चुहावट नियन्त्रणका लागि ग्राहककहाँ पुग्ने गरेका छन् । मङ्गलबार दिउँसो लाइन काटिएपछि बक्यौता भुक्तान गरी मङ्गलबार दिउँसो र आज ती कार्यालयको लाइन पुनः जोडिएको पौडेलले बताए। मङ्गलबार पाँच सरकारी कार्यालय र सातवटा होटलको लाइन काटिएको थियो । केन्द्रको निर्देशनअनुसार बक्यौता असुली गर्न लागिएको पौडेलले बताए।

लाइन काटिएका ग्राहकले बक्यौताको २५ प्रतिशत जरिवाना तिर्नुपर्दछ । भरतपुर विद्युत् वितरण केन्दबाट रु २५ करोड विद्युत् महसुल उठ्न बाँकी छ । जसमा सडक विद्युत्को रु १६ करोड र अन्य ग्राहकको रु नौ करोड उठ्न बाँकी छ । अहिलेसम्म नौ लाख २४ हजार रुपैयाँ चुहावट नियन्त्रणबाट राजस्व सङ्कलन गरेको केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत विद्युत चुहावट १४ प्रतिशतमा झरेको छ । २०६६ सालमा यहाँ ३९ प्रतिशत विद्युत् चुहावट थियो । करिव ६७ हजार पाँच सय ग्राहकबाट वार्षिक एक अर्ब रुपैयाँ महसुल सङ्कलन हुने गरेको छ । रासस

प्रकाशित: ६ पुस २०७३ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App