२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सार्वजनिक खरिद ऐन र निमावली परिवर्तन हुँदा विकास निर्माण प्रभावित : अध्यक्ष सिंह

कपिलवस्तु निर्माण व्यवसायी संघको नौं साधारण सभामा सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह ।

कपिलवस्तु- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले धेरै पटक सार्वजनिक खरिद ऐन संशोधन गरिँदा आर्थिक गतिबिधिहरु प्रभावित भएको बताएका छन्। सल्लाह सुझाव बिना एकलौटीरुपमा खदिर ऐन र नियमावली संशोधन गरिँदा विकास निर्माण नै ठप्प भएको उनले बताए। कपिलवस्तु निर्माण व्यवसायी संघले तौलिहवामा राखेको नौं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

‘सार्वजनिक खरिद ऐन छिटोछिटो परिवर्तन हुँदा आर्थिक गतिबिधि नै प्रभावित भएको छ’ उनले भने ‘संशोधनमा भएका केही प्रावधानका कारण पूर्वाधारका काम ठप्प छन्’  गत बैशाख २० गते गरिएको आठौं संशोधनले म्याद थपका विषयमा निर्माण व्यवसायी त्रसित बनेको उनले बताए। संशोधनले देशका भौतिक पूर्वाधारका २२ सय आयोजना प्रभावित भएको उनले भने। बर्तमान दुई तिहाईको सरकार र कर्मचारीबीच बिश्वासको वातावरण बन्न नसक्दा त्यसको मार हरेक क्षेत्रमा परेको उनको भनाइ थियो।

गत पुस १४ गते ऐनको नौं संशोधनले म्याद थपको बाटो खुलेका र त्यसको सुईको पाउदै व्यापारीहरुले अहिलै नै निर्माण सामाग्र्र्रीको मूल्य बृद्धि गरेको भन्दै उनले आपत्ती प्रकट गरे। आर्थिक मसान्त र काम सुरु भएको बेला निर्माण सामाग्र्रीको अनावश्यक मूल्य बृद्धिले निर्माण व्यवसायी र आम उपभोक्ता मारमा पर्ने गरेकोले यसमा सरकारले ठोस कदम चाल्नु पर्ने बताए।

पाँच करोड रुपैयाँसम्म काम गर्ने साना निर्माण व्यवसायीलाई प्राथमिता दिनुपर्ने र अत्यधिक घटीमा काम लिएर निर्माण व्यवासयी आफै समस्यामा पर्ने गरेकोले यस तर्फ आफै सचेत हुुनुपर्ने उनले बताए। अहिलेको भौतिक पूर्वाधारमन्त्रीले सुरुवाती चरणमा राम्रो काम गरेको भन्दै यसले आगामी दिनमा सकारात्मक परिणाम दिने उनले बिश्वास ब्यक्त गरे। कार्यक्रममा सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमालले सरकार निरंकुश शैलीमा काम गरेकोले त्यसको असर हरेक क्षेत्रमा परेको बताए। उनले सरकारले नै काम गने वातावरण मिलाउनु पर्नेमा जोड दिए।

सो अवसरमा प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तव र सहसराम यादवले भौतिक निर्माणलाई सयम मै सम्पन्न गर्नुपर्ने बताए। सो अवसरमा महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझी, बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेय, एमालेकी शान्तिदेबी हरिजन, लुम्बिनी निर्माण व्यवसायी संघका दामोदर शर्मा, निर्माण व्यवासी संघ प्रदेश नम्बर ५ का अध्यक्ष बली राना, रबिन्द्रनाथ ठाकुर लगातयले शुभकामना मन्तब्य दिएका थिए।

प्रकाशित: १९ पुस २०७६ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App