१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन परेको छैनः प्रचण्ड

फाइल फोटो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय लाग्ने बताए। नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई छ।

‘देशमा नयाँ परिस्थिती बनेको छ। नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन्’ उनले भने,‘हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ। नहिडेको बाटो हिड्नुपर्‍यो भने अफ्ठ्यारोजस्ता महशुस पनि हुन्छ।’

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको दाहालले बताए। ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रम गयौँ। संविधान बनायौँ, तीन तहको निर्वाचन गर्‍यौँ। सबै संरचना नयाँ छ। यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन्’ उनले भने,‘हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन। उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी।’

दाहालले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने बताए। ‘उनीहरुले पहिले पत्याउँदैनन यी जनताले धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसहरुले हाम्रो राज  उल्ट्याउलान, हाम्रो श्रीपेच फाल्लान भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन्। राज्य उल्टिन्छ। राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन्’ उनले भने। 

प्रकाशित: १९ पुस २०७६ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App