१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असनमा आगलागी, नियन्त्रणका लागि चार वटा दमकल परिचालन

काठमाडौं- काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ। साँझ झण्डै ६ बजे एउटा घरमा लागेको आगलागी नियन्त्रणका लागि चार वटा दमकल परिचालन भएको महानगरीय प्रहरीवृत्त जनसेवाले जनाएको छ।

आगो नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको तीन, ललितपुर महानगरपालिकाको एउटा दमकल र पाँच÷छ वटा पानी ट्याङ्कर परिचालन भइरहेको छ। पहिलेभन्दा आगो कम भए पनि अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको वृत्तमा कार्यरत प्रहरी सहायक निरिक्षक दानसिंह धामीले बताए। घटना नियन्त्रणमा आइनसकेकाले अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको वृत्तले जनाएको छ।

प्रकाशित: १८ पुस २०७६ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App