१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ल्यान्डफिल्ड साइटको काम रोकिँदैन

काठमाडौं- स्थानीयको अवरोध आए पनि नुवाकोटको बन्चरे डाँडाँमा ल्याण्डफिल्ड साइटको निर्माण नरोकिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

शक्रबार नुवाकोटको बन्चरे डाँडामा निर्माण भइरहेको ल्याण्डफिल्ड साइटको अनुगमन तथा निरीक्षण गर्ने क्रममा विभागका उपमहानिर्देशक पद्म मैनालीले स्थानीयको अवरोध भएपनि निर्माण कार्य नरोकिने बताए। उनले ल्यान्डफिल्ड साइट निर्माणमा स्थानीयको कुनै अवरोधन नहुने र आगामी फागुनको पहिलो साता सम्ममा पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिने बताए। छिटो काम गरी वैज्ञानिक ल्याण्डफिल्ड साइट हो भन्ने नदेखाउँदासम्म विरोध भइरहने समेत उनले बताए।

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाका २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ। त्यसका लागि नेप वेष्ट प्रालि. ले नुवाकोटको बन्चरेडाँडाँमा ल्याण्डफिल्ड निर्माणको काम गरिरहेको छ। नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि १४ वर्ष सम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइट भरिएको छ। त्यसैले बन्चरेडाडाँमा पनि त्यही समस्या दोहोरिने आशंका स्थानीयले गरेका छन्। निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयको माग जायज भएकाले सम्बोधन गरेर मात्रै फोहोर व्यवस्थापन गरिने बताए। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय समस्याको समाधान नगरी काम गर्न नसकिने भएकाले कार्यतालिका बनाएर काम गर्न आफुहरु तयार रहेको बताए।

बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर स्थानीयले विकासका पूर्वाधारहरु आफुहरुसम्म नपुर्‍याउँदासम्म अझैपनि फोहोर व्यवस्थापन गर्न नदिने बताएका छन्। त्यसैले ल्याण्डफिल्ड साइटमा पूर्वाधारको निर्माण भएपनि फोहोर व्यवस्थापनमा अवरोध हुने सम्भावना भने उत्तिकै छ।

प्रकाशित: १८ पुस २०७६ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App