१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा प्रदेश ५ बाट कांग्रेसका उम्मेदवार सिफारिस

बुटवल— नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यकालागि प्रदेश नं. ५ बाट तीन जनाको उम्मेदवारी टुङ्गो लागेको छ। पार्टी उच्च श्रोतका अनुसार महिला उम्मेदवारमा दाङ्गकी गिरीजा न्यौपाने,अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे, र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको हो। 

न्यौपाने नेपाल महिला संघका केन्द्रिय सदस्य हुन्। अर्घाखाचीका पाण्डे कांग्रेसका केन्द्रिय सदस्य हुन भने मेराज बाँके कांग्रेसका जिल्ला सदस्य हुन्। पार्टीको आधिकारिक निर्णय सार्वजनिक भइनसके पनि प्रदेश ५ बाट तीन जनाको नाम टुङ्गो लागेको श्रोतको दावी छ।

 

 

 

प्रकाशित: १८ पुस २०७६ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App