१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर बस्दैनः सहमहामन्त्री महत

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन। शुक्रबार राजधानीको बानेश्वरमा अन्तरपार्टी महिला संजालले गरेको एउटा कार्यक्रममा बोल्दै महतले नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडेर नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिलाएको बताउँदै यस्ता अधिकारलाई कुन्ठिन गर्ने खालका कुनै पनि विधेक नल्याउन सरकारलाई आग्रह गरेका छन्।

'हामी नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि लडेर आएका हौं, अहिले त्यही अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे कसरी चुप लागेर बस्ने ?” उनले भने, “हामी यसको खुलेर विरोध गर्छौं।'

कांग्रेसका सहमहामन्त्री महतले महिलालाई अधिकार दिने कुरामा नेपाली कांग्रेस जति संवेदनसिल अरु पार्टी नभएको दाबी गरे। कांग्रेस सहमहामन्त्री महतले आफ्नो पार्टीले महिलालाई अधिकार दिने कुरामा कन्जुस्याइँ नगरेको जिकिर गरे। महतले विश्वमा महिला अधिकारका कुरामा नेपाल अनुकरणीय मुलुक भएको पनि ठोकुवा गरे।

अहिले विश्वकै नमुना देश भनेर चिनिने स्विजरल्याण्डले ५० वर्ष अघिसम्म पनि महिलालाई मतदान गर्ने अधिकार नदिएको प्रसंग निकाल्दै सहमहामन्त्री महतले नेपाल त्यो अवस्थाबाट कहिल्यै नगुज्रिएको बताए।

प्रकाशित: १८ पुस २०७६ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App