१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सीमा नमिचेको भारतीय दाबी

काठमाडौं – भारतले आफ्नो नक्सामा नेपालको भूभाग अतिक्रमण भएको विषयलाई अस्वीकार गरेको छ। आफ्नो नक्सामा नेपालको भूभाग कालापानी र लिपुलेकलगायतका भूभाग समावेश गरे पनि उसले भने नक्सामा आफ्नो सार्वभौम भूभाग मात्र समेटिएको दाबी गरेको हो।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बिहीबार नियमित पत्रकार सम्मेलनमा पत्रकारहरू प्रश्नको जवाफ दिँदै यस्तो दाबी गरेका हुन्। उनले जवाफमा भनेका छन्, ‘हामीले यस बारेमा हाम्रो धारणा प्रस्ट पारिसकेका छौँ, मैले हाम्रो नक्साका बारेमा यत्ति भन्न सक्छु कि नक्सामा भारतको सार्वभौम भूभागलाई मात्र समेटिएको छ।’ उनले नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नभएको दाबी गरेका छन्। उनले यस विषयमा छलफलबाट समाधान खोज्न भारत तयार रहेको पनि बताएका छन्। प्रवक्ता रवीस कुमारले यस अघी पनि नियमित पत्रकार सम्मेलनमा भारतले सार्वजनिक गरेको नक्सा आधिकारिक भएको बताउँदै आएका थिए।

भारतले नेपालको भूभाग अतिक्रमण गरेर नक्सा प्रकाशित गरेपछि नेपाल सरकारले भारतीय निणयको प्रतिवाद गर्दै विज्ञप्ति जारी गरेको थियो। त्यसलगत्तै सरकारले भारतलाई कूटनीतिक नोट बुझाएको थियो। नेपालले उच्चस्तरीय संयन्त्रको बैठकमार्फत अतिक्रमित भूभागका बारेमा छलफल गर्ने प्रस्ताव भारतसँग गरिसकेको छ। यस विषयमा भारतले नेपाल सरकारलाई जवाफ पनि पठाएको छ। तर, प्रवक्ता रवीश कुमारले जवाफले भने भारत आफ्नो गल्ती स्वीकार गर्न तयार नभएको संकेत देखिएको छ। भारतले नेपाल सरकारले समस्या समाधानका लागि गरेको प्रस्तावको जवाफसमेत ढिला गरी पठाएको थियो।

रवीश कुमारले नेपाल र भारतका प्रधानमन्त्रीहरुकाबीचमा हालै भएको टेलिफोन सम्वादमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा दुई मुलुकबीचको पुरानो सभ्यता र सम्बन्धबारे छलफल भएको बताउँदै छिमेक पहिलो नीतिका बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा कुराकानी भएको जानकारी गराएका छन्।

प्रकाशित: १८ पुस २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App