१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालय ऊर्जाकाे २४ लाख कित्ता सेयर खुल्ने

काठमाडौँ– हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको १६ औँ वार्षिक साधारणसभाले रु २४ करोड ७५ लाख बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयवासीलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले एक महिनाभित्र बिक्री प्रबन्धक नियुक्त गरेर सेयर निष्कासनको काम अघि बढाउने आयोजनाका प्रबन्धक प्रकाश दुलालले राससलाई जानकारी दिए। उनकाअनुसार रु नौ करोड ९० लाख बराबरको नौ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिइनेछ भने रु १४ करोड ७५ लाख बराबरको १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको माथिल्लो खिम्ती आयोजना निर्माण गरिरहेको छ। दुवै आयोजना बनाउन रु तीन अर्ब १५ करोड लाग्ने छ । आयोजनाको सिभिल निर्माणको काम तीव्र गतिमा अघि बढेको प्रबन्धक दुलालले जानकारी दिए। आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्तीखोलामा आयोजना निर्माण भइरहेको छ। रासस

प्रकाशित: ५ पुस २०७३ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App