१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सरिता श्रेष्ठ
धादिङ -  पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं १ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार थाक्रे गाउँपालिका वडा नं १० का ३४ वर्षीय सुमन तामाङ रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

चितवनबाट काठमाडौतर्फ जाँदै गरेको बा ५ ख ७९८७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४१ प ४३०६ नम्बरको मोटरसाईकललाई बुधबार बेलुका ११ः ५५ बजेको समयमा ठक्कर दिएको हो।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक भने फरार छन्। फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रकाशित: १७ पुस २०७६ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App