१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्राविधिक शिक्षामा चीनियाँ सहयोग

काठमाडौं – चीनको छिन्ताओ इलेक्ट्रोनीक स्कुलको सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आगामी दिनमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्ने भएको छ। छिन्ताओ इलेक्ट्रोनीक स्कुलका प्राचार्य छ्वई सी चान, निर्देशक क्वइ छ्वन, अंग्रेजी शिक्षिका ली लेई, ली च्वीन फाङ तथा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको एक टोलीले बुधबार सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रूपक राजवंशीसहितका टोलीसँग प्राविधिक शिक्षा सञ्चालन गर्ने सहमति गरेका हुन्।

विद्यालयका संस्थापक तथा पूर्वप्रधानाध्यापक लक्ष्मण राजवंशीले चीनीया राष्ट्रपति सी जिनपिङको हालैको नेपाल भ्रमणको चर्चा गर्दै छिन्ताओ स्कुलले आफ्नो प्रतिवद्धता पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए। नेपालमा बेरोजगार समस्या प्राविधिक शिक्षाले हटाउने उनको भनाइ थियो। छिन्ताओ इलेक्ट्रोनीक स्कुलका प्राचार्य छ्वई सी चानले दुबै विद्यालयबीच सहकार्यबाट उत्पादित जनशक्तिले दुबै राष्ट्रको सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्राविधिक शिक्षाले देश र समाज निर्माणमा टेवा पुग्ने भन्दै उनले छिन्ताओ इलेक्ट्रोनीक स्कुल जस्तै नेपालको सिद्धार्थ वनस्थली स्कुलले पनि प्राविधिक र अन्य शिक्षा प्रदान गरे नेपालमा थप दक्ष जनशक्ति उत्पाद हुने उनको विश्वास थियो।

प्रकाशित: १७ पुस २०७६ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App