१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'एक इन्च पनि मिच्न दिन्नौं'

सिन्धुली – नेकपा अध्यक्ष पुष्पकमल दाहालले छिमेकी मुलुकलाई नेपालको एक इन्च पनि भूमि मिच्न नदिने बताएका छन्। नेपाल भ्रमण वर्षका अवसरमा बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा मिचिएको विषयमा सरकार गम्भीर भएको बताए। उनले भने, ‘नेपालको जमिन मिचिएको र सिमानाका पिलर सारिएको स्थानका विषयमा हामी गम्भीर र संवेदनशील छौं। नेपालको भौगोलिक अखण्डता रक्षानिम्ति जस्तोसुकै त्याग गर्न हामी तयार छौं। हामी कसैलाई पनि नेपालको एक इन्च जमिन मिच्न नदिने संकल्पमा छौं।’

राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एकढिक्का भएको उल्लेख गर्दै दाहालले सीमा समस्या कूटनीतिक तबरबाट समाधान गर्न आफूहरु लागेको बताए। ‘केही दिनअघि भारतबाट पनि हामी छलफल गर्न तयार छौं भनेर चिठी आएको छ।’
दाहालले भ्रमण वर्ष सफल पार्न पर्यटकमात्रै भिœयाएर नपुग्ने बताए। ‘भ्रमण वर्ष २०२० सफल पार्नु भनेको पर्यटक भिœयाउने मात्र होइन, हाम्रो राष्ट्रको इज्जत र प्रतिष्ठालाई विश्वभरि स्थापित गर्ने पनि हो,’ भ्रमण वर्ष २०२० अभियान उद्घाटन गर्न सिन्धुलीगढी आएका दाहालले भने, ‘राष्ट्र र राष्ट्रिय भावनालाई एक बनाउने संकल्प गर्नु पनि भ्रमण वर्षको उद्देश्य हो।’

प्रकाशित: १७ पुस २०७६ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App