१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भेटनरी अस्पतालका तीन अधिकृत अख्तियारको नियन्त्रणमा

कपिलवस्तु- अख्तियारले कपिलवस्तुको तौलिहवास्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतलाई नियन्त्रणमा लिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका– ११ सडवास्थित नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट पाएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरिएको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

गत शुक्रबार पुस ११ गते अनुसन्धान दुरुपयोग आयोग काठमाडौंबाट आएका टोलीले केन्द्रका डाक्टर पवन गुप्ता, डाक्टर रुप नारायण श्रेष्ठ र मन्सय विकास अधिकृत सुरेन्द्रप्रसाद भुजलाई नियन्त्रणमा लिएका थिए। केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले अख्तियारको केन्द्रीय कार्यालयबाट आएका टोलीले आफ्नो कार्यालयका ३ अधिकृतलाई अनुसन्धानका लागि काठमाडौं लगेको बताए।

प्रदेश नम्बर ५ सरकारले बाख्रा पालनका लागि १२ लाखमध्ये ६ लाख रुपैयाँ अनुदान दिने गरी कृषि समूहलाई छनौट गरेको थियो। गत आर्थिक वर्षमा दिईएको अनुदानले अनुगमनकाक्रममा आफूहरुले करिब ६० वटा बाख्रा फर्ममा रहेको पाएको केन्द्रका प्रमुख चौधरीले दाबी गरे। तर सो फर्ममा प्रदेश नम्बर ५ को संसदीय टोलीले अनुगन टोलीले अनुदानको दुरुपयोग गरेको प्रतिवेदन पेश गरेको छ। अहिले फर्ममा बाख्राहरु छैनन्। कृषक समूहले फर्ममा रहेको सबै बाख्राहरु मरेको बताउने गरेको प्रमुख चौधरीले बताए। कामै नगरेको कृषक समूहलाई अनुदान बापतको रकम भुक्तानी गर्न तीन जना अधिकृतले सिफारिस गरेका थिए। अख्तियारमा परेको उजुरी र संसदीय समितिलेसमेत दुरुपोग गरेको ठहर गरेपछि तीन जना अधिकृतलाई  अख्तियारले नियन्त्रणमा लिएका थिए।

कार्यालय श्रोत अनुसार सो अनुदानको फाईलसहित तीन जनासँग सोधपुछ भईरहेको श्रोतले जनाएको छ। सोही कृषक समूहले गाईपालनका लागिसमेत प्रदेश सरकारबाट ५ लाख ७६ हजार २ सय २४ रुपैयाँ अनुदान पाएको थियो। सो अनुदानको रकमसमेत दुरुपोग गरेको संसदीय समितिले ठहर गरेको छ। समूहका सञ्चालकसँग सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेको संसदीय समितिले प्रतिवेदन दिएको छ। अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कोईरालाले नियन्त्रण लिएका ब्यक्ति र सो विषयमा बताउन नमिल्ने बताए। ‘हामीले कसैलाई त्यसबारे बताउन मिल्दैन, ती अधिकृतहरुको परिवारहरुलाई सोध्नुस’ उनले भने।

उता प्रदेश सरकारले गतवर्ष बाडेको कृषि अनुदानमा ब्यापक अनियमिता भएको संसददीय समितिले प्रतिवेदन बुझाएको छ। संसदीय समितिले पेश गरेको प्रतिवेदनमा जिल्लाका सात कृषक समूहले अनुदानको दुरुपोग गरेको जनाएको छ। बिजयनगर नगरपालिका– ७ स्थित राज कृषि फर्मले भैसीपालनका लागि लिएको नौ लाख ६० हजार रुपैयाँ कृष्णनगर नगरपालिका ६ स्थित प्रगतीशील कृषक समूहले बाख्रापालनका लागि लिएको ५ लाख ७६ हजार रुपैयाँसमेत दुरुपोग भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै बाणगंगा नगरपालिका–  ३ स्थित पोखरेल भैसी फर्मले लिएको चार लाख रुपैयाँ, मायादेबी गाउँपालिका– १ बर्रोहिया महिला कृषक समूहले लिएको ६ लाख रुपैयाँ, कपिलवस्तु नगरपालिका– ६ स्थित ह्रदय कृषक समूहले लिएको ६ लाख रुपैयाँ दुरुपयोग गरिएको जनाइएको छ।

प्रकाशित: १६ पुस २०७६ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App