१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एउटै सडकमा वर्षपिच्छे करोडौंको ग्रावेल

एक वर्षअघि गरिएको ग्रावेलमा फेरी ग्रावेलको तयारी गर्दै । तस्बिर: गोविन्द/नागरिक

दैलेख– दैलेख बजारदेखि पंचकोशी तिर्थस्थल श्रीस्थानसम्म गतवर्ष नारायण नगरपालिकाले ४ किलोमिटर ग्रावेल गरेको थियो। उक्त ग्रावेल गर्दा नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ खर्चेको थियो। अहिले त्यही शहरी विकास तथा भवन डिभिजन कायालयले सोही ठाउँमा ग्रावेलसहित कालोपत्रे गर्दैछ।

दैलेख बजार श्रीस्थान सडक ६.३ किलोमिटर रहेको छ। नगरपालिकाले श्रीस्थानबाट नाली, कटिगसहित १ करोड ५० लाख रुपैयाँमा ग्रावेल गरेको नगरपालिकाका ईन्जिनियर हिक्मत रोकायले बताए। भवन डिभिजनबाट विरुवा केरावान सुपर स्टर जेभीले ठेक्कामार्फत सोही ठाउँमा ३ करोेड ७८ हजार १ सय ७६ रुपैयाँको ग्रावेलसहित कालोपत्रे गर्ने सम्झौता गरेको छ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्राविधिकका अनुसार अब फेरी दैलेख बजारबाट ग्रावेलसहित कालोपत्रेको काम हुनेछ। ५.७ किलोमिटर नाली, जाली, मेशेनरी वाल, आवश्यक अनुसार कटिगसहित साडे ३ मिटर कालोपत्रे हुने भवन डिभिजन कार्यालयले जनाएको छ।

ग्रावेल गर्ने कार्य भएपनि फराकिलो पार्नका लागि भित्ता कटिगमा स्थानीयहरुले अवरोध गरेको नारायण नगरपालिका १ का वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए। ‘नगरपालिकाकै बजेटबाट ग्रावेल पनि भएको हो।’ उनले भने, अहिले दैलेख बजारबाट ग्रावेलसहित कालोपत्रे हुँदैछ।’

दैलेख बजारसम्म आएका पर्यटकहरुलाई पंचकोशी तिर्थस्थलसम्म जानका लागि यो कालोपत्रेले निकै सहज हुनेछ। सडक स्तरोन्नती नहुँदा बर्षातमा ज्वाला क्षेत्र जान निकै कठिन हुने गर्दथ्यो। काममा कुनै डुब्लीकेशन नहुने र तोकेअनुसार नै काम हुने भवन डिभिजन कार्यालयले जनाएको छ।


 

 

प्रकाशित: १६ पुस २०७६ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App