१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०१९ मा अमेरिकामा बन्दुकबाट ३८ हजारको मृत्यु

वाशिङटन-  सन् २०१९ मा अमेरिकामा बन्दुकबाट मात्र ३८ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। एक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सो कुराको जानकारी दिएको हो। एफे न्यूजको रिपोर्ट अनुसार गन भ्वाइलेन्स अर्काइव (जीवीए) संगठन, जसले देश भरमा बन्दुकबाट भएका हिंसाका घटनाहरुको तथ्यांक राख्ने गर्छ। जीवीएको प्रतिवेदन अनुसार बन्दुकबाट २०१९ मा ३८ हजार ७ सय ३० जना मानिसले ज्यान गुमाएका छन्।

उक्त प्रतिवेदन अनुसार १४ हजार ९ सय ७० घटना योजनाबद्ध हत्या र दुर्घटनावश गोली चलेर मारिएका घटना हुन्। जबकी २०१८ मा १४ हजार ७ सय ८९ वटा घटना भएको सो रिपोर्टले देखाएको थियो।

जीवीएका अनुसार २०१९ मा २३ हजार ७ सय ६० घटना आत्महत्याका छन्। बन्दुकबाट भएको हिंसाका घटनामा ११ वर्ष भन्दा कम उमेर समूहका कुल २ सय ७ जना बालबालिकाले आफ्नो ज्यान गुमाउनु पर्‍यो भने ४ सय ७३ बालबालिका घाइते भए।

यस्तै, १२ देखि १७ वर्षका ७ सय ६२ बालबालिकाको मृत्यु भएको थियो भने २ हजार २ सय ५३ बालबालिका घाइते भएका थिए।

२०१९ मा ४ सय ९ पटक सामूहिक गोलीबारी तथा हत्याका घटना भएका छन्। जसलाई जीवीएले यस्ता घटनामा परिभाषित गरेको हो। जसमा चार अथवा चार भन्दा बढी मानिस घाइते भए या मारिए।

 

प्रकाशित: १६ पुस २०७६ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App