१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उद्धारकार्यमा सहयोग गर्न सेना परिचालन

सिड्नी  (बिबिसी)– डढेलोका कारण आक्रान्त अस्ट्रेलियाका दुई राज्य न्यु साउथ वेल्स र भिक्टोरियामा आपतकालीन सेवामा सहयोग गर्न सेना परिचालन हुने भएको छ।

सरकारी स्रोतका अनुसार डढेलो पीडित मानिसको उद्धार कार्यमा सहयोग पु¥याउने हेतुले सैन्य विमान र उपकरणहरुसमेत प्रयोग गरिने भएको छ।

डढेलोको कारण चारैतिर आगो फैलिएपछि अस्ट्रेलियाका दक्षिणपूर्वी राज्यका हजारौं मानिस भागेर समुद्री तटमा शरण लिन पुगेसँगै सरकारले उनीहरुको उद्धारका लागि सेना परिचालन गर्न लागेको हो।

प्रधानमन्त्री स्कट मोर्रिसन र रक्षामन्त्री लिन्डा रेनल्ड्सले पनि भिक्टोरियन सरकारको आग्रहमा सैन्य सामग्री र विमान पठाउन सहमति जनाइसकेका छन्।

डढेलोका कारण न्यु साउथ वेल्समा थप दुईजनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ। यससँगै डढेलोका कारण अस्ट्रेलियामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। प्रशासनका अनुसार भिक्टोरियामा चारजना र न्यु साउथ वेल्समा अर्का एकजना अझै हराइरहेका छन्। सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थान डढेलोका कारण बन्द भएका छन्। न्यु साउथ वेल्स र भिक्टोरियाको पाँच सय किलोमिटर क्षेत्रमा आपतकालीनस्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ।

आगलागीका कारण भिक्टोरियाको म्यालकुटा क्षेत्रका मात्रै करिब चार हजार मानिसले तटमा शरण लिएका छन्। स्थानीय बासिन्दाले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकासमुनि रात बिताउनुपरेको बताएका छन्।

‘हजारौं मानिस तट वरपर रहेका छन्,’ न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाका आयुक्त साने फिट्जसिम्मोन्सले बताएका छन्। उनका अनुसार पछिल्लो डढेलो न्यु साउथ वेल्सले देखेको हालसम्मकै खराब डढेलो हो। ‘साह्रै डरलाग्दो स्थिति छ। आकास रातै छ र जताततै खरानी उडेको छ,’ सिमोन्सले बताए।

अस्ट्रेलियामा उच्च तापक्रम, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढिरहेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलो नियन्त्रणबाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ।  अस्ट्रेलियामा गत २४ घण्टामा दुई सयभन्दा बढी स्थानमा नयाँ आगो लागेको बताइएको छ।

प्रकाशित: १६ पुस २०७६ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App