१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निकासको बाधक एमाले: राणा

भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राजनीतिक समस्या समाधानको बाधक भएको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले मंगलबार यहाँ गरेको साक्षात्कारमा राणाले स्थानीय निकाय निर्वाचन तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेको आरोप लगाए । एमालेको अवरोधकै कारण निर्वाचन ओझेलमा पर्दै गएको उनको कथन छ।

सीमांकनकाबारे एमाले, माओवादी र कांग्रेसले बिगतमा गरेको सहमतिलाई भुल्दै एमालेले सदन र सडक अवरोधका कारण सिंमाकनको बिषयले थप संकट भित्रिएको उनको भनाई छ । उनले निर्वाचन तोकिएको समयमा नभए देशले संबैधानिक संकट बेहोर्नु पर्ने दावी गरे।

सरकारले एमाले वा मधेसवादी जसको माग सम्बोधन गरे पनि समस्या समाधान हुने नदेखिएकाले देश थप संकटतर्फ गइरहेको उनको विश्लेषण छ । उनले ५ नं. प्रदेशमा भएको आन्दोलनमा आफ्नो पार्टीको सहानुभूती नभएको स्पष्ट पारे ।

संसदबाट हिन्दुराज्य घोषणाको माग सम्बोधन गर्नसक्ने वातावरण नभएकाले  पार्टीले महाधिवेशनपछि आन्दोलनक गर्ने उनले बताए।

 

प्रकाशित: ५ पुस २०७३ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App