१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शैलीमा ‘विवाहको प्रस्ताव’ मञ्चन हुने

काठमाडौं – शैली थिएटरमा रुसी साहित्यकार एन्टोन चेकोबको नाटक ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) मञ्चन हुने भएको छ। रातोपुलस्थित शैली थिएटरमा आगामी शुक्रबारदेखि मञ्चन हुने ‘विवाहको प्रस्ताव’ नाटकमा बिहेसँग जोडिएको कथावस्तुलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।

यो नाटक एक वृद्ध, उनको छोरी र छिमेकीसँग केन्द्रित रहेको छ। नाटकमा सशांक बोहोरा, स्नेहा पौडेल, सुबास सुवेदी, देवेन्द्र बब्लु, भारती रिजाल, रोविन तामाङ, विशाल सुवेदी, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइली लगायत कलाकारहरूले अभिनय गरेका छन्।

एक घण्टा १५ मिनेट अवधिको सो नाटक आगामी माघ १० सम्म मञ्चन हुनेछ। नवराज बुढाथोकीले निर्देशन गरेको सो नाटकलाई सविन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन्। नेपाली पृष्ठभूमिमा मञ्चन हुने सो नाटकमा देवेन्द्र बब्लुको संगीत दिएका छन्।

प्रकाशित: १६ पुस २०७६ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App