१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमपात र वर्षाको सम्भावना

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणाली बुधबार साँझदेखि सशक्त हुनेछ। यसका कारण देशको मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ। महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली जम्मु कश्मीरबाट नेपाल भित्रिने क्रममा छ। ‘यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा गिरावट आएर चिसो बढ्ने देखिन्छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाले हिमपात र चिसोको असरबाट बच्न सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। जुम्लामा मंगलबार न्यूनतम तापक्रम माइन्स चार दशमलब नौ डिग्री सेन्टिग्रेड रेकर्ड गरिएको छ। काठमाडौंको न्यूनतम तापक्रम मंगलबार एक दशमलब पाँच डिग्री ेन्टिग्रेड रह्यो। महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘पश्चिमी न्यूनचापीय प्रणालीको चापका कारण बुधबार र बिहीबार देशको पश्चिमी, मध्य र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको हुने सम्भावना छ। यो प्रणालीले शुक्रबारसमेत वर्षा र हिमपात गराउने सम्भावना छ।’

तराईका थोरै स्थानमा हुस्सु रकुहिरो लागेको महाशाखाले जनाएको छ। ‘तराईमा कुहिरोका कारण राम्रोस“ग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो हुने देखिन्छ,’ बुलेटिनमा उल्लेख छ, ‘चिसोबाट बच्ने उपाय अपनाउन, यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।’ तराईका अधिकांश स्थानमा मंगलबार बिहान सरदर तापक्रम ४ देखि ७ डिग्री सेन्टिग्रेड रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १६ पुस २०७६ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App