१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पुष २७ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं– भोली बुधबारका लागि बोलाइएको संघीय संसद बैठक नै स्थगित भएको छ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको हो। प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ।

प्रकाशित सूचनामा भनिएको छ, ‘मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७५ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो। ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय गरेपनि बैठक स्थगित गरिएको थियो।

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठकमा समेत असर पर्दै आएको छ। पुस ४  गते राष्ट्रपतिको आह्वानमा हिउँदे अधिवेशन सुरु भएको थियो।

 

प्रकाशित: १५ पुस २०७६ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App