१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णालीमा भ्रमण वर्षको तयारी पूरा, बुलबुले तालबाट शुभारम्भ हुने

वीरेन्द्रनगर– नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि कर्णालीमा तयारी पूरा भएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी कर्णालीमा नेपाल भ्रमण वर्ष २०२० को सुर्खेतस्थित बुलबुले तालबाट शुभारम्भ गरिने छ।

प्रदेश सरकारले भ्रमण वर्षमा एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा कर्णालीको संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिने छ।

कर्णालीको पहिचानहुने गरी तयार गरिएको लोगो समेत सार्वजनिक गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। साथै भ्रमण वर्षको अवसरमा कर्णाली प्रदेशका प्रमुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय सम्पदाहरूको फोटो, ब्यानर तथा पोस्टरहरू प्रस्तुत गरिने छ।

१३औँ साग खेलकुदमा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई समेत सम्मान गरिने छ। नेपाल भ्रमण वर्ष शुभारम्भका दिन स्थल र हवाईमार्गबाट कर्णालीमा आउने पहिलो पर्यटकलाई पुष्प गुच्छा सहित स्वागत गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० लाई सबैले साझा अभियानका रूपमा लिनु पर्ने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। भ्रमणवर्षको तयारी पूरा भएको उनको भनाई छ। कर्णालीका पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक र पदमार्गहरूको खोजी र भएकाको स्तरोन्नती गर्ने काम भइरहेको उनले बताए। पर्यटकका लागि होमस्टेलाई व्यवस्थितगर्न थालिएको उनको भनाइ छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव आचार्यले प्राकृतिक रूपले स्वच्छता भएको कर्णालीलाई ब्राण्डका रूपले विकास गर्नुपर्ने बताए। यसकालागि सरकारी र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले जनाए। कर्णालीमा नेपाल भ्रमण वर्षको शुभारम्भ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने छन्।

प्रकाशित: १४ पुस २०७६ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App