१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंकले मुद्रा सटही गर्न काउन्टर खोल्न पाउने

काठमाडौं - चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई काम गर्न सहजता हुने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुलुकका मुख्य पर्यटकीय क्षेत्रमा विदेशी मुद्रा सटहीका लागि छुट्टै काउन्टर खोल्न अनुमति दिएको हो।

‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी मुलुकका प्रमुख पर्यटकीय स्थलमा विदेशी मुद्रा सटहीका लागि काउन्टर खोल्न अनुमति दिएको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाले बताए। सरकारले २० लाख विदेशी पर्यटक भिœयाउन तयारी गरिरहेका बेला राष्ट्र बैंकले मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा मुद्रा सटहीका लागि काउन्टर खोल्ने अनुमति दिएको उनले बताए।

आगामी दिनमा बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर–निकाय समन्वयमा जोड दिने बताउँदै उनले भने, ‘हाललाई अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंक दरलाई यथावत राखिएको छ।’
त्यसैगरी, मुलुकमा रोजागरीका अवसर सिर्जना गरी बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्न सहुलियतपूर्ण कर्जाको मात्रा बढाउन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको उनले बताए।

राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिक मसान्तसम्म सात सय ५३ वटा स्थानीय तहमध्ये सात सय ४१ तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ। हाल १२ वटा स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्न सकेको छैन। हाल मुलुकभरी २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक, २५ वटा ‘ख’ वर्गका विकास बैंक, २२ वटा ‘ग’ वर्गका वित्त कम्पनी, ९१ लघुवित्त कम्पनी र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्। त्यसैगरी, यी बंैक तथा वित्तीय संस्थाले नौ हजार दुई सय २३ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएका छन्।

बिमा सूचना केन्द्र सञ्चालन हुने
काठमाडौं, पुस १३ (नागरिक)– जीवन तथा निर्जीवन बिमा कम्पनीलाई पारदर्शी बनाउने उद्देश्यले बिमा सूचना केन्द्र सञ्चालन हुने भएको छ। बिमा समितिको नेतृत्वमा बिमा कम्पनी र समितिबीच सूचना आदान प्रदान गर्ने उद्देश्यले बिमा सूचना केन्द्र सञ्चालन गर्न लागेको जनाइएको छ।

बिमा समितिका अनुसार बिमा सूचना केन्द्रको ढाँचा तयार गर्न समितका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ। उक्त कार्यदलमा जीवन बिमा कम्पनीको तर्फबाट प्रकाश खत्री र निर्जीवन बिमा कम्पनीबाट सञ्चित बज्राचार्य सदस्य छन्। बिमा सूचना केन्द्रमा कसले लगानी गर्नै भन्ने विषयमा छलफल भइरहेको बिमा समितिले जनाएको छ। हाल मुलुकभर २० वटा निर्जीवन र १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन्।

प्रकाशित: १४ पुस २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App