१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिनियाँ टोलीद्वारा भक्तपुर दरबारस्क्वायरको भ्रमण

भक्तपुर- नेपालको तीनदिने भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति तथा प्रकाशन विभागका प्रमुख, राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओ सहितको टोलीले आज विश्व सम्पदासूचीमा रहेको भक्तपुर दरबारस्क्वायर र तौमढी क्षेत्रको अवलोकन गरेको छ।

टोलीलाई भक्तपुर नगरपालिकाका पूर्वप्रमुख एवम् सांसद प्रेम सुवाललगायत नगरपालिकाको टोलीले स्वागत गरेको थियो। टोलीले पचपन्न झ्याले दरबार, कला सङ्ग्रहालय, पाँचतले मन्दिर लगायत सम्पदाको अवलोकन गरेको थियो । टोलीलाई भूकम्पले भत्काएका र पुनःनिर्माण सुरु भएको सम्पदाका बारेमा जानकारी गराइएको थियो।

यहाँ भूकम्पले भत्काएका अझै चार हजार घर भत्काउन बाँकी छ । पुनःनिर्माणको काम भर्खरै सुरु भएकाले सम्पन्न गर्न अझै केही वर्ष लागे पनि काम पूरा गरिने दृढता नेपाली पक्षले व्यक्त गरेको थियो ।

टोलीका ल्यु छिपाओले चीनबाट काठमाडौँलाई पुनःनिर्माणका लागि सहयोग भइरहेको जानकारी दिए। टोलीलाई प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी उपरीक्षक किरण राणा लगायतले सम्पदा अवलोकन गराएका थिए। रासस

 

प्रकाशित: ४ पुस २०७३ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App