१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा औषधि उद्योग क्षेत्रमा लगानी गर्न चिनियाँ इच्छुक

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायी र चीनको युनान प्रान्तीय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको सात सदस्यीय चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डलबीच शुक्रबार महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

सो भेटवार्तामा नेपाली र चिनियाँ“ उद्यमी व्यवसायीबीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायत विषयमा छलफल भएको महासंघले जनाएको छ। सो अवसरमा चिनिया“ प्रतिनिधिमण्डलका तर्फबाट नेपालमा औषधि उद्योगका क्षेत्रमा रहेको सम्भाव्यता अध्ययन गर्न भ्रमण भएको स्पष्ट पारिएको थियो।


बैठकमा प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका उपाध्यक्ष प्रधानले नेपालमा लगानीका लागि उपयुक्त समय भएकाले चिनिया“लाई लगानीका लागि आग्रह गरे। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसाबले समेत सबैभन्दा बढी लगानी गरिरहेको छिमेकी चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको उनले स्पष्ट पारे। दुवै देशका राष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप बलियो हुनुका साथै लगानीको वातावरणमा समेत सहयोग पुगेको उनले बताए।
नेपालमा खासगरी औषधि उद्योगका क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डल समक्ष महासंघका तर्फबाट औषधि, सिमेन्ट, कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा लगानी गर्न आव्हान गरिएको महासंघले जनाएको छ। छलफलमा वातावरणीय हिसाबले समेत नेपालमा औषधि उद्योग, अस्पताललगायत स्वास्थ्य क्षेत्रमा चिनिया“ लगानी र प्रविधि आउन सके दुवै देश लाभान्वित हुने धारणा राखिएको थियो।    

सो अवसरमा चिनिया“ँ पक्षबाट नेपाल र युनान प्रान्तबीचको आपसी सम्बन्ध थप प्रगाढ बन्दै गएको बताइयो। युनान प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पु“जीमार्फत नेपालको विकासमा सहयोग गर्न तीव्र इच्छा व्यक्त गरियो। प्रतिनिधिमण्डलका नेता एवं चीनको युनान प्रान्तीय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङले नेपालको विकासमा सहयोग गर्न आतुर रहेको धारणा राखे। यस पटकको भ्रमण नेपालमा औषधि उद्योग क्षेत्रमा सहकार्यका सम्भाव्यता अध्ययन गर्न भएको स्पष्ट पार्दै यहा“बाट फर्केपछि त्यस विषयमा थप छलफल गरी परियोजना ल्याउने धारणा उनले राखे।
 

प्रकाशित: १३ पुस २०७६ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App