चिनियाँ टाेलीसँग देउवाले भने– 'नेपाल एक चीन नीतिको पक्षमा छ'

सोमबार, ०४ पुष २०७३, १९ : ४६ नागरिक

काठमाडौँ– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले आज भेटवार्ता गरेको छ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।

नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनियाँ टोलीले राखेको चासोको विषयमा सभापति देउवाले जानकारी गराउँदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताए।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य ल्युले नेपालको आर्थिक विकासमा चीनले सधैं सहयोग गरिरहने बताउँदै नेपाल र चीन जोड्ने कोदारी राजमार्ग छिट्टै सुचारु गर्ने विश्वास व्यक्त गरे।

भेटका अवसरमा सभापति देउवालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेकोमा उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने सभापति देउवाले जानकारी गराएका थिए।

उक्त भेटका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको सहभागिता थियो। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...