१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दरबारमार्गको ओल्ड हाउस रष्टुरेन्टमा आगलागी

अाेल्ड हाउस रहेको घरको बाहिरी तस्विर।

काठमाडौं—दरबारमार्गस्थित ओल्ड हाउस रेष्टुरेन्टमा आगलागी भएको छ। आगलागीबाट रेष्टुरेन्ट रहेको एकतले घरको भित्री भाग काम नलाग्ने गरी नस्ट भएको छ। घरभित्र रहेका सामानहरु प्रयोग गर्न सकिने अवस्थामा कुनै पनि छैनन्।

अागलागीबाट दुई करोड रुपैयाँ बढीको धनमाल जलेर नष्ट भएको छ।

मध्यरातमा आगलागी भएपछि रेष्टुरेन्टका सुरक्षा गार्डले प्रहरी तथा दमकलमा खबर गरेका थिए। दमकल आइपुग्दा घरको अधिकांश भाग जलेर नष्ट भइसकेको थियो। ग्राहक तथा कामदार कोही नभएको बेला राति २:३० बजेतिर आगलागी भएकाले पनि धेरै क्षति हुन पुगेको प्रहरीले जनायो। 

'अागलगीबाट रेष्टुरेन्ट रहेको घरको माथिल्लो तल्ला नष्ट भएको छ। त्यहाँ रहेका सामान समेत नष्ट भएका छन्', महानगरीय प्रहरी वृत्त दरबार मार्गका डिएसपी कृष्णबहादुर पल्ली मगरले भने, 'के कारणले अागो सल्किएको भनेर हामी अनुसन्धान गरिरहेका छौं।'

रेष्टुरेन्ट बन्द गरेर कर्मचारी तथा मालिक घर फर्किएको अवस्थामा अागलागी भएको थियो।

‘हामी घर फर्किसकेका थियौं। मध्य रातमा धुँवाको मुस्लो सहित दनदनी बलिरहेको छ भन्ने खबर पाएपछि म पुगेँ’, ओल्ड हाउस रेष्टुरेन्टका सञ्चालक रञ्जन श्रेष्ठले नागरिकन्युजसँग भने, ‘दमकल आएर आगो निभाउन थाल्दा धेरै क्षति भइसकेको रहेछ।’

बिजुली सर्ट भएर अागलागी भएको अनुमान गरिएको छ। ओल्ड हाउस काठमाडौंमा फ्रेन्च परिकारका लागि प्रख्यात रेष्टुरेन्ट हो।

जलेर नस्ट भएको घरको भित्री भागका तस्विरहरु

अाेल्ड हाउस रहेको घरको बाहिरी तस्विर।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App