१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

७७ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझे

नुवाकोट - २०७२ को भूकम्पका कारण घर गुमाएका मध्ये ७७ प्रतिशतले सरकारले अनुदानबापत उपलब्ध गराउँदै आएको तेस्रो किस्ताकाृ रकम लिइसकेका छन्। राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय विदुर नुवाकोटले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ५८ हजार ८ सय ९४ अर्थात् ७७ दशमलव १० प्रतिशत लाभग्राहीले निजी आवास निर्माण गरी तेस्रो किस्ताको रकम लिएका हुन्।

प्राधिकरणको पाँचौ स्थापना दिवस अवसरमा आयोजित पुनर्निर्माण सम्पन्न वडा घोषणा तथा सम्मान कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार जिल्लामा रहेका १२ स्थानीय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा ८८ दशमलव ५३ प्रतिशत र बेलकोटगढी नगरपालिकामा ७७ दशमलव १० प्रतिशत निजी घर सम्पन्न भएका छन्। म्यागङ गाउँपालिकामा ८७ दशमलव ८९ प्रतिशत, किस्पाङ गाउँपालिकामा ८४ दशमलव ७६ प्रतिशत, तादी गाउँपालिकामा ८४ दशमलव ७४ प्रतिशत, तार्केश्वर गाउँपालिकामा ८१ दशमलव ७ प्रतिशत लाभग्राहीले निजी घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार नुवाकोटका निमित्त आयोजना प्रमुख शम्भुकुमार शाहले जानकारी दिए।

यस्तै सूर्यगढी गाउँपालिकामा ८० दशमलव ८२ प्रतिशत, पञ्चकन्या गाउँपालिकामा ७६ दशमलव ५१ प्रतिशत, शिवपुरी गाउँपालिकामा ७५ दशमलव ७६ प्रतिशत, विदुर नगरपालिकामा ७२ दशमलव ७८ प्रतिशत, ककनी गाउँपालिकामा ७२ दशमलव ४० प्रतिशत र लिखु गाउँपालिकामा ७१ दशमलव ६९ प्रतिशत लाभग्राहीले निजी आवास निर्माण सम्पन्न गरिसकेको आयोजना प्रमुख शाहले जानकारी दिए।

जिल्लामा रहेका ८८ वटा वडामध्ये सातवटामा ९० प्रतिशतभन्दा बढी निजी आवास निर्माण सम्पन्न भएको तथ्यांक छ। उक्त कार्यक्रममा ती सात वडालाई प्रशंसापत्र प्रदान गरियो। प्रशंसापत्र पाउने वडामा म्यागङ गाउँपालिका–१ र २, दुप्चेश्वर गाउँपालिका–२, ३ र ७, तार्केश्वर गाउँपाििलका– १ र किस्पाङ गाउँपालिका –४ छन्। जिल्लामा ७७ हजार तीन सय ९९ भूकम्पपीडितमध्ये एक हजार पाँच सय ७४ लाभग्राहीको घर प्रबलीकरणको सूचीमा परेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले अहिलेसम्म १८ अर्ब २७ करोड ३४ लाख रूपैयाँ खर्च गरेको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १० करोड २९ लाख ८१ हजार रूपैयाँ, आव २०७३/७४ मा चार करोड तीन लाख ४४ हजार रूपैयाँ, आव २०७४/७५ मा नौ अर्ब २८ करोड ५२ हजार ८० हजार रूपैयाँ, आव २०७५/७६ मा चार अर्ब ८८ करोड ४७ लाख ९६ हजार रूपैयाँ र आव २०७६÷७७ को हालसम्म ५८ करोड ९५ लाख ५६ हजार रूपैयाँ खर्च भएको छ।

प्रकाशित: १३ पुस २०७६ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App