१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला’

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले साधान स्रोत सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सकृय रहेको बताएका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बनाउन देश विदेशका शक्तिहरु लागेको समेत आरोप लगाए।

‘सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइराहेकोे छ’ उनले भने,‘साधन स्रोत सम्पन्नहरुले साधन र स्रोतको प्रयोग गरेर र खासगरी विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गरेर त्यसमा लगानी गरी हमला गर्न खोज्छन् र साना उपलब्धी हरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उचालने, सबै जनाले अन्तर वस्तु बुझ्न पाएको हुँदैन, त्यसकारण भ्रम फिजाएपछि त्यो भ्रमको असर परिराखेको हुन्छ।’ उनले सरकार स्थायित्वका लागि लागि परेको स्पष्ट पारे।

उनले पछिल्लो घटनाक्रमहरुलाई उल्लेख गर्दै गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गरे। उनले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइराखेको समेत बताए।

‘गोकर्ण रिसोर्टको लिन अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मुल्याङ्कन गराएर कति तयसका मुल्याङ्कनका विधिहरु तयार गरेर त्यस विधि अन्तर्गत यति हुँदो रहेछ भनेर, अवधि बाँकि रहँदै किन दिइयो भन्ने प्रश्न, अवधि बाँकी रहँदै किन दिनु पर्छ भन्ने, के त्यसलाई नचलाउने भन्न पर्‍यो कि अरु केही गर्न पर्‍यो’ उनले भने,‘जब कसैले लिज लिएको छ र उसले प्रगती गर्छ भन्छ र आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिजको रकम राम्रो तिर्छु भन्छ भने उसले नपाउने भन्ने कुरा होइन।’

उनले सरकारले गरेका कामहरुमा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताए। उनले पार्टी भित्रैपनि कविता वाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सकृय रहेको बताए। सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सकृय रहेको बताए। 

‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भने उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भने उडाए, कति दयनीय अवस्था छ विरोधिहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन, नदिमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छनी’ उनले भने।

प्रधानमन्त्री ओलीले फलाम खानी निकाल्ने, तेलको लागि सर्भे गर्ने लगायतका कामहरु भइराखेको जानकारी दिए।

प्रकाशित: १२ पुस २०७६ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App