२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भ्रमण बर्ष लक्षित कार्यक्रमविहीन स्थानीय तह

फाइल फोटो

सिन्धुली– सिन्धुलीका स्थानीय तहमा भ्रमण बर्ष २०२० को तयारी कमजोर देखिएको छ।

संघीय सरकारले घोषणा गरेको भ्रमण बर्ष मनाउन सिन्धुलीका स्थानीय तहले ठोस कार्यक्रम सार्वजानिक गरेका छैनन्।जिल्लामा पर्यटकहरुलाई आकर्षण गर्ने प्रशस्त पुरातात्विक तथा ऐतिहासिक स्थल रहेका छन्।

सात गाँउपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा नेपालकै अस्तित्व जोगाउन सफल भएको सिन्धुलीगढी कमलामाई नगरपालिकामा पर्छ। सिन्धुलीगढीमा भने भ्रमण बर्ष लक्षित केही कार्यक्रम सार्वजानिक भएका छन्।

गोलञ्जोर गाँउपालिकाले भ्रमण बर्षका लागि छुट्टै कुनै कार्यक्रम राखेको छैन। विपी राजमार्गको नागबेलीसँगै जुनार क्षेत्र यहि गाँउपालिकामा पर्ने भएपनि भ्रमण बर्ष लक्षित कार्यक्रम तय नभएको गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले बताए।

‘हाम्रो गाँउपालिकामा छुट्टै कुनै कार्यक्रम छैन’ उनले भने, ‘आउने पाहुनाहरुलाई जुनार क्षेत्र घुमाउने भन्ने हो। गोलञ्जोर डाँडामा भ्यु टावर निर्माणधिन छ तर सम्पन्न भइसकेको छैन।’ 

दुधौली नगरपालिकामा पनि दनुवारी संस्कृति देखि विभिन्न मठ मन्दिर छन्। मधुगङगा महादेव मन्दिर यस क्षेत्रको चर्चित धार्मिक स्थल हो। तर दुधौली नगरपालिकाले पनि ठोस कार्यक्रम केहि राखेको छैन। ‘भ्रमण बर्षमा हाम्रा केहि कार्यक्रम हुनेछन्, तर कुन दिन के कार्यक्रम गर्ने तय गरिसकेका छैनौ’ नगरप्रमुख घनश्याम राउतले भने।

भ्रमण बर्षमा घुम्न आउने पर्यटकलाई स्थानीय तहमा पूर्वाधार समेत अभाव देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरुले भ्रमण बर्षलाई बेवास्ता गर्दा पर्यटकीय क्षेत्रमा जाने पूर्वधार समेत जोखिमयुक्त रहेका छन्।

फिक्कल गाँउपालिकाले भ्रमण बर्षलाई लक्षित गरेर र्‍यफ्टिङ महोत्सव गर्ने जनाएको छ। फिक्कल गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाँउपालिकामा मुख्य रुपमा खेती गरिने किबीलाई समेत प्रोत्साहन गर्ने कार्यक्रम गरिएको छ। गाँउपालिकाको गतिविधिलाई फोटोमार्फत प्रर्दशन गर्ने कार्यक्रम तय भएको उनले बताइन्।

सिन्धुलीगढीबाट भ्रमण बर्षको सुरु

कमलामाई नगरपालिकाले सिन्धुलीगढीबाट भ्रमण बर्षको उद्घाटन गर्ने जनाएको छ। पुष १६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुलीगढीमा आउने कार्यक्रम तय भएको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार भ्रमण बर्षलाई नै लक्षित गरेर सिन्धुलीगढीमा पृश्वीनारायण शाहको शालिक समेत अनावरण गरिने भएको छ। ‘भ्रमण बर्षको सुरुवात नै हामी सिन्धुलीगढीबाट गर्छौ’, उनले भने, ‘कार्यक्रम धेरै तय भएको छ, क्रमिक रुपमा कार्यक्रम हुँदै जानेछ।’  

प्रकाशित: १२ पुस २०७६ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App