१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लोडसेडिङ घटाउन असहयोग गरेकाे भन्दै ३ सञ्चालक बर्खास्त, नयाँ नियुक्त

ऊर्जा मन्त्रालयद्वारा बर्खास्त गरिएका सञ्चालकहरू दायाँबाट क्रमशः लक्ष्मणप्रसाद अग्रवाल, मनाेजकुमार मिश्र र सुरज लामिछाने

काठमाडौं– लोडसेडिङ घटाउने कार्यमा नेपाल विद्युत् प्राधिकरणलाई असहयोग गरेकाे भन्दै विवादित बनेका प्राधिकरणका ३ जना सञ्चालकलाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको छ। बर्खास्त हुनेहरुमा लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछाने रहेका छन्।

उनीहरुलाई मन्त्रालयको मंसिर ३० गतेकै निर्णयले बखास्त गरिएको मन्त्रालयका सह प्रवक्ता गोकर्णराज पन्थले बताए। ‘बर्खास्तमा परेका र नयाँ नियुक्त सञ्चालकहरुलाई मन्त्रालयले पत्रसमेत पठाइसकेको छ,’ उनले भने। उनका अनुसार ३० गतेकै निर्णयबाट रिक्त ३ सञ्चालकको पदमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई नियुक्त गरिएको छ।

मन्त्रालयले उपभोक्ताबाट पुन र जलविद्युत् विज्ञबाट जोशी र थानीलाई सञ्चालकमा नियुक्त गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लोडसेडिङ घटाउन थालेको अभियानमा असहयोग गरेको भन्दै तीन सञ्चालकलार्इ मन्त्रालयले स्पष्टीकरण साेधेकाे थियाे। उनीहरूले दिएकाे जवाफ चित्तबुझ्दाे नभएकाे र उनीहरूले लाेडसेडिङ अन्त्य जस्ताे राष्ट्रहितकाे अभियानमा असहयाेग गरेकाे भन्दै मन्त्रालयले उनीहरूलार्इ बर्खास्त गरेकाे जनाएकाे छ।

प्रकाशित: ४ पुस २०७३ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App