१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई राष्ट्रियताको पक्षमा उभिन माग गर्दै ज्ञापनपत्र

संशाेधन प्रस्ताव फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाउँदै अखिल अध्यक्ष नविना लामालगायतका नेताहरू। तस्बिर साैजन्य: अारसी लामिछाने

काठमाडौं–संविधान संशोधन प्रस्ताव फिर्ता लिन तथा राष्ट्रियताको पक्षमा उभिएन आह्वान गर्दै आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न आठवटा राजनीतिक दलका भातृ संगठनले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिए।

‘सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै विभिन्न ठाउँबाट प्रधानमन्त्रीलाई पठाएका पत्र हामीले प्रधानमन्त्रीका राजनीकि सल्लाहकारमार्फत प्रधानमन्त्रीलाई बुझाएका छौं,’ लामिछानेले भने,‘ती पत्रमा संशोधन प्रस्ताव फिर्ता लिन र प्रधानमन्त्रीलाई राष्ट्रियताको पक्षमा उभिन आह्वान गरिएको छ।’ प्रधानमन्त्री दाहाल प्रमुख तीन दलको बैठकमा सहभागी हुन गएका कारण राजनीतिक सल्लाहकारमार्फत ज्ञापनपत्र बुझाइएको उनले जनाए।

ज्ञापनपत्र बुझ्दै खनालले बाहिर हल्ला गरिएजस्तो मुलुक नै टुक्र्याउने गरी संशोधन प्रस्ताव दर्ता गराएको भन्ने कुरामा कुनै सत्यता नभएको जनाए। उनले मुलुकको समस्या समाधान गर्न प्रधानमन्त्री गम्भीर भएर लागेको उल्लेख गर्दै राष्ट्र र राष्ट्रियताप्रति प्रधानमन्त्री गम्भीर रहेको जनाए।

प्रकाशित: ४ पुस २०७३ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App