१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन दलकाे बैठकमा एमाले अडानः निर्वाचन विधेयकबाहेक अन्य कुरा स्वीकार्य हुँदैन

सभमुखकाे पहलमा बसेकाे प्रमुख तीन दलकाे बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेल पुरानै अडान दाेहाेर्याउँदै  निर्वाचन सम्बन्धी कानुन नल्याएसम्म संसदकाे गतिराेध कायमै रहने जनाएकाे छ।

सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार विहान प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएकी थिइन्। बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम र प्रमुख सचेतक भानुभक्त ढकाललगायतका नेता सहमभागी थिए।  बैठकपछि एमाले उपाध्यक्ष बामदेव गाैतमले सरकारले संशाेधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान एमाले अडान कायमै रहेकाे जानकारी दिए। उनले  संशाेधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश गरे त्यसमा एमालेकाे समर्थन रहने जनाए।

कांग्रेस उपसभापति रामचन्द्र पाैडेलले सबै विषयकाे प्याकेजमै हल गर्ने गरी छलफल सुरू भएकाे र त्यसलाई निरन्तरता दिन दलहरू सहमत भएकाे बताए।

संशेाधन प्रस्ताव संसदमा दर्ता गराएकाे विराेधमा प्रमुख प्रतिपक्ष एमालेसहित अन्य विपक्ष दलले लगागतर संसद वैठक अबराेध गरेपछि सहमति खाेज्न सभामुखले तीन दलका शीर्ष नेताकाे बैठक बाेलाइएकी थिइन्। तर दलहरू अा-अाफ्नाे अडानमा रहँदा कुनै निष्कर्ष निस्किएन्।  लगागत संसद बैठक अबरोध हुँदा संसदमा छलफलका क्रममा रहेको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अलपत्र  परेको छ।

प्रकाशित: ४ पुस २०७३ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App