१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६ हजार घुससहित शसस्त्रका दुई जना पक्राउ

बुटवल- रुपन्देहीमा घुससहित शसस्त्र प्रहरीका दुई जना प्रक्राउ परेका छन्।  बिष्णुपुरा शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षक तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार घुस लिँदै गर्दा बिहीबार पक्राउ परेका हुन्।

भारतबाट घरायसी सामान ओसार पसार गर्न सहज बनाइदिने बहानामा सर्वसाधारणबाट ६ हजार घुस लिदैँ गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

जोरा र चौधरीलाई गैडहवा ३ बाट घुस लिँदै गर्दा पक्राउ गरीएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। दुवै जनालाई भ्रष्टाचार निवारण ऐन अनुरुप कारवाही गरीने उनले बताए।
 

प्रकाशित: १० पुस २०७६ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App