१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘चार्ली फोक्स्टर’ : चिनियाँ प्रहरीकै सूचनाको आधारमा

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो। ‘चार्ली फोक्स्टर’ नाम दिएर अप्रेसन गरिएको थियो।

सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर अपराधिक क्रियाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताए। डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजुमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताए। उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताए।

पक्राउ परेका उनीहरुले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरुलाई जालमा पारी अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको र अनुसन्धान पूर्ण नभइ कुनै पनि कुरा पुष्टि गर्न नसकिने बताए। 'अनलाइनमा लगानी गरे थोरै रकमबाट धेरै आउँछ भन्‍ने प्रभावमा पार्दा रहेछन्। अलिकति रकम हालेपछि विश्वास जित्‍नकै लागि आफैंले रकम थपेर पठाउने गरेको पनि पाइयो। पछि बढी रकम हाल्न लगाउने र ठग्‍ने रहेछ’,उनले भने।

अहिले उनीहरुलाई पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुर्व्यबहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनीहरु अन्य आपराधिक कार्यहरुमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ।

प्रकाशित: ९ पुस २०७६ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App