१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अब सडकमा जान्छौँः डा. भट्टराई

फाइल फोटो

काठमाडौं– समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्दा सुरुबाट नै उठाएको बताएका छन्।

सरकारबाट बाहिरिएको जानकारी दिन संसदीय दलको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराईले आफु पूर्व माओवादीमा हुँदादेखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन्।

पहिचानमा आधारित संघीयता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्दा भएको उनले बताए। 

‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडी बढाउनुपर्छ भन्ने थियो अब उहाँहरुले नै बाटो खोल्नुभएको छ। अब सडकमा जान्छौँ’, उनले भने।

सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाएका छन्। ‘सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका गोपनियतालाई समेत उलंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको प्रष्ट हुन्छ’ भट्टराईले भने।

प्रकाशित: ९ पुस २०७६ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App