१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

काठमाडौं– एसिसी यु–१९ एसिया कपमा नेपालले सान्त्वना जित हासिल गर्ने क्रममा सोमबार मलेसियामाथि १ विकेटको विजय हासिल गरेको छ।

कोलम्बो स्थित ननडिसक्रिप्ट क्रिकेट क्लबको मैदानमा टर हारेर ब्याटिङ निम्त्याइएको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमै ९ विकेट गुमाएर पुरा गरेको थियो ।

अघिल्लो २ खेलमा पराजित भइसकेको नेपालका लागि सोमबारको खेल प्रतिष्ठामा समित बनेको थियो। पहिलो खेलमा श्रीलंकासँग १ रन र दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएपछि  सेमिफाइनल खेल्ने नेपालको सपना समाप्त बनेको थियो । समूह ‘ए’मा रहेको नेपालका लागि सोमबारको खेल प्रतिष्ठा मात्र भएकाले प्रशिक्षक विनोद दासले ३ नयाँ खेलाडीलाई मौका दिएका थिए । पहलो २ खेल नखेलेका अभिनाष कर्ण, रविन्द्रजंग शाही र अनिल शाहलाई मौका दिएका थिए ।

ओपनर सन्दीप सुनारले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि उनको स्थान लिएका अभिनाषले २९ रन बनाएका थिए । आसिफ शेखले तेस्रो खेलमा पनि खुलेर खेल्न सकेनन् । १ रन बनाएका आसिफ मुहम्मद हफिजको बलमा एलविडब्लू आउट भएका थिए । त्यसको दुइ बलपछि मुहम्मद हफिजले एडिल खानलाई शुन्य रनमा एलविडब्लू आउट गरेका थिए।

त्यसपछि अभिनाष र रविन्द्रजंगले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । रविन्द्रजंग ५ रन बनाउदाँ सेदअजिजको बलमा एविडब्लु आउट भएपछि दीपेन्द्रसिंह ऐरीले अभिनाषलाई साथ दिएका थिए। यी दुईले चौंथो विकेटका लागि २३ रनको साझेदारी गरे।

१५औं ओभरको चौंथो बलमा अभिनाषलाई विरनदीप सिंहले अर्जुन थिलनाथनको हात क्याच गरेका थिए। ४५ बलको सामना गरेको अभिनाषले ४ चौंका प्रहार गरेका थिए । लगत्तै २५ बलमा ४ चौक सहित २२ रन बनाएका दीपेन्द्रसिंहलाई पनि विरनदीपले बोल्ड गरेका थिए । त्यही ओभरको तेस्रो बलमा विरनदीपले प्रकाश केसीलाई शुन्य रनमा पवेलियन फर्काए । प्रकाश आउट हुँदा नेपाल ८०–८ को स्थितीमा थियो।  २६ औं र २७ औं ओभरमा नेपालले रोहितकुमार पौडेल र शुवाङकर उरावको विकेट गुमाए पनि नेपाल दबाबमा परेको थियो।

तर अनिल शाह र पवन सर्राफले नवौं विकेटका लागि ३८ रनको साझेदारी गर्दै जितको आधर खडा गरेका थिए। ६६ बलमा २ चौका र १ छक्का प्रहार गरेका अनिल ३२ रन बनाउदाँ सेयद अजिजले जुविदी जुलकिफलको हातबाट क्याच गरे । अजिजको बलमा १ रन लिदै नेपाललाई १ विकेटको जित दिलाएका थिए । सन्दीप ३ रनमा अविजित रहँदा पवन २९ रनमा अविजित रहे । पवनले २ चौका र १ छक्का सहित २९ रनमा अविजत रहेका थिए ।

मलेसियाका बिनरदीपले ३ विकेट लिए भए भने सयद अजिज, मुहम्मद अफिज र मुहम्मद अमिरले समान २–२ विकेट लिए।

प्रकाशित: ३ पुस २०७३ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App