१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस र मोटरसाइकल ठोक्किँदा एकको मुत्यु

डडेल्धुरा- भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्। मंगलबार मध्यान्ह करिब १२ बजे अमरगढी नगरपालिका-१ चालीस मोडनजिक बससँग मोटरसाइकल ठोक्किँएको हो।

कन्चनपुरको महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बससँग विपरित दिसातर्फ गइरहेको से ४ प ५८८० न को मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अमारगढी-११ फिन्नेकिटका अन्दाजी २० वर्षिय खडक बोहरको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा परि गन्यापघुरा गाउँपालिक-३ सकयलका महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका छन्।

बस चालक बिरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कन्चनपुरको भिनपा ७ हल्दुखल निवसी हुन्।

प्रकाशित: ८ पुस २०७६ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App