१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अख्तियारको निर्देशनमा अवैध सामान सहित ब्यापारी पक्राउ

धनकुटा–धनकुटा प्रहरीले भन्सार छलि गरेर ल्याएको सामानसहित व्यापारी र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा भूकम्प पीडित परिवारलाई वितरण गर्नकालागि आएको ब्लयाङ्केट बिक्री भइरहेको सूचना आएपछि प्रहरीले पिछा गरेर उक्त गाडीलाई धनकुटाको डाँडाबजारमा पक्राउ गरेको हो।

उदयपुरको रामपुरबाट सुनसरीको चतराहुँदै धनकुटा चौविसे क्षेत्रको राजारानी बजार लैजाँदै गरेको एकसय ३६ थान अबैध ब्लयाङकेट, गलैंचा र ज्याकेट सहित को १ च ८५८६ नम्वरको बलेरो गाडी डाँडाबजारबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षत्रीय कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईले बताए। 

सामग्री र गाडीसँगै पाण्डपगुफा गाविस–१ जुम्लाका व्यापारी प्रविण कार्की र चालक रामकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको  छ। उनीहरुले विराटनगरमा खरीद गरेर उदयपुरमा गोदाम गरेको सामग्री बिक्री गर्दै हिडेको बयान दिएपनि कुनै प्रमाणपत्र नरहेको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिएको सामग्री करिब दुई लाख रुपैयाँ मूल्य बराबरको रहेको छ । उनीहरुलाई करछलीको मुद्दामा अबैध सामान र गाडी सहित आन्तरिक राजश्व कार्यालय इटहरी  र विक्री प्रमाणपत्र नभएकाले अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयमा कार्वाहीको लागि पठाइएको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।
 

प्रकाशित: ३ पुस २०७३ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App