१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

सिन्धुली-वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

सो भिडियोबाट पास्पोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय आउने युवायुवतीलाई श्रव्य दृश्य मार्फत वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने विभिन्न प्रक्रियाकाबारे सूचना प्रवाह गर्ने छ ।

यस्तै १६ औं अन्तर्राष्ट्रिय आप्रवाशन दिवसका अवसरमा उक्तल केन्द्रले  अाइतबार यहाँ “सुरक्षित वैदेशिक रोजगारीको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता” विषयक उच्च माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा ६ वटा उच्च माध्यमिक विद्यालयका ८ विद्यार्थीले भाग लिएकामा जनज्योति उच्च माध्यमिक विद्यालयका गौरव शिवाकोटी पहिला, भगवती आवासीय उच्च माध्यमिक विद्यालयका पासाङ घिसिङ दोस्रा र भगवती कै पूजा श्रेष्ठ तेस्रा भएका थिए ।

प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले सो प्रतियोगितामा पहिला हुने विद्यालयका विद्यार्थीलाई रु. ३ हजार दोस्रा हुनेलाई रु.२ हजार र तेस्रा हुनेलाई रु.१५ सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। रासस

प्रकाशित: ३ पुस २०७३ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App