१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध रुपमा उत्खनन् गर्ने डोजर स्थानीयको नियन्त्रण

नेपालगन्ज– राप्ती नदीमा अवैध रुपले बालु्वा तथा गिट्टी उत्खनन् गरिरहेको एक डोजरलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ आलिनगरस्थित राप्ती नदीमा रातको समयमा उत्खनन गरिरहेको नम्बर नखुलेको डोजरलाई उनीहरुले नियन्त्रणमा लिएका हुन्। 

राप्ती सोनारी–५ बिनौनास्थित गोरधुई युवा क्लबमा आवद्ध रहेका युवाको समुहले सोमबार बिहान करिव ५ बजेतिर डोजरलाई नियन्त्रणमा लिएको स्थानीय युवराज केसीले जानकारी दिए। ‘रातको समयमा सधैं राप्ती नदीमा डोजर लगाएर अबैध रुपले उत्खनन गरिरहेको हामीले डोजर नियन्त्रणमा लिएका हौं’, उनले भने।

नियन्त्रणमा लिएको उक्त डोजर वडा कार्यालयमा बुझाइएको छ। वडा कार्यालयले नियम अनुसार जरिवाना असुल गरेर छाड्ने जनाएको छ।

प्रकाशित: ७ पुस २०७६ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App