१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा नेकपाका जिल्ला सदस्य परियारको मृत्यु

केहि दिन पहिलेको जितसिंहको तस्बिर।

जाजरकोट- मोटरसाइकल दुर्घटनामा परि नेकपा जाजरकोटका जिल्ला समिति सदस्य  जितसिंह परियारको निधन भएको छ। आइतवार  जिल्लाको भेरी नगरपालिका वडा नम्वर ११ मटेला नजिकैको सडकमा भएको शंकास्पद मोटरसाइकल दुर्घटनामा  परियारको निधन भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी स्यामवहादुर खत्रीले बताए।

उनले  आइतबार मध्यान्ह १२ बजे दुर्घटना भएको र गम्भीर घाइते भएका परियारको उपचारको क्रममा रुकुम पस्चिमको चौरजहारी मिसन अस्पतालमा   अपरान्ह ४ बजेर ४० मिनेटमा निधन भएको बताए। उनले सदरमुकाम खलंगातर्फ  आइरहेको परियार सवार मोटरसाइकल आफै दुर्घटनामा परेको हो कि कतै ठोकिएको हो भन्नेबारेमा यकिन भइनसकेको बताए।

प्रहरी प्रमुख खत्रीले घटनापछि खलंगाबाट मटेलातर्फ गइरहेको रा१च १४ नम्वरको  टयाक्टर नियन्त्रणमा लिइएको बताए। उनले  घटना संकास्पद भएकोले आफुहरुले  अनुसन्धानका लागि चालकसहित टयाक्टरलाई नियन्त्रणमा लिएको बताए। प्रत्यक्षदर्शी कोहि पनि नभएकोले घटनाको वास्तविकता पत्ता लाग्न अलि गाह्रो भएको प्रहरी प्रमुख खत्रीले बताए।  

मृतक परियारका आफन्तले भने उनी सवार मोटरसाइकल टयाक्टरसँग ठोकिएपछि दुर्घटना भएको हुन सक्ने  दावी गरेका छन्। भेरी नगरपालिका वडा नम्वर १ कालेगाउँका स्थानीय परियार पूर्व माओवादीको सेना हुन भने पछिल्लो समय पूर्व एमालेमा प्रवेश गरेर राजनितीमा सक्रिय उनी निर्माण व्यवसायमासमेत सक्रिय थिए।  
 

प्रकाशित: ६ पुस २०७६ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App