१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलामा अर्गानिकको आकर्षण

महोत्सवमा सञ्चालन गरिएका होटेलहरू। तस्बिरःगणेश/नागरिक

वीरेन्द्रनगर- महोत्सवको दक्षिणतिर लहरै लागेका होटेल छन्। जहाँ कोदो, फापरका सेलरोटी, सिस्नोलगायत अर्गानिक परिकार लस्करै राखिएका छन्। महोत्सवमा आउने दर्शकको मन बजारमा पाइने खानेकुरा भन्दा अर्गानिक तिरै तानिन्छ। शुक्रबारदेखि वीरेन्द्रनगरमा जारी महोत्सवमा अर्गानिक खाना दर्शकको प्रमुख रोजाइ बनेको छ।

अर्गानिक कर्णाली प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई सघाउन अर्गानिक खानाका परिकार राखिएको होटेल सञ्चालक निशा रानाले बताइन्। ‘मेलामा अर्गानिक खाना दर्शकको रोजाइमा परेको छ,’ उनले भनिन्, ‘त्यसैले अरु खानासँगै अर्गानिकखानापनि राखेको छ।’ कर्णाली प्रदेश सरकारले पनि कर्णालीलाई अर्गानिक प्रदेश बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ। यसलाई सघाउन यहाँका व्यवसायीले अर्गानिक खानाका परिकारलाई महत्व दिएका छन्।

विषादीयुक्त खानाले स्वास्थ्यलाई ठूलो असर गर्ने हुँदा अर्गानिक खानाका परिकार बिक्रीमा राखिएको महोत्सवमा सञ्चालन गरिएका होटेल सञ्चालकहरूले जनाएका छन्। अर्गानिक खानाका परिकार खान आउनेको संख्या बढ्दै गएको उनीहरूको भनाइ छ।

‘अरु खानेकुरा बजारमा प्रशस्त पाइन्छ,’ रमेश रावलले भने, ‘मेलामा सबैको रोजाइमा परेको छ।’ खानाका परिकारसँगै यहाँ स्थानीय स्तरमा उत्पादित सामग्री पनि राखिएको छ। घरेलु उत्पादन गरिएका अल्लोलगायतका सामग्री पनि राखिएको छ।

घरेलु उत्पादन भएका सामग्री र अर्गानिक खानाका परिकारको माग बढेको गोर्खबहादुर ओलीले जानकारी दिए।


 

 

प्रकाशित: ६ पुस २०७६ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App