१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एम्बुलेन्स नहुँदा ट्याक्टरमै सुत्केरी

बिजयनगर गाउँपालिका ५ कटुवा गाउँकी उर्मिला कोरीलाई लु३त २४४८ नम्बरको ट्याक्टरमा राखेर चन्द्रौटामा लैजादै गर्द ट्याक्टरमै जन्मिएको बच्चा।

कपिलवस्तु- गत वर्षको फागुन १० गते अतिथी सत्कारमा बिजयनगर गाउँपालिकाले नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा १८ लाख रुपैयाँ खर्च गरेको थियो। उक्त रकम गाउँपालिकामा एम्बुलेन्स किन्नका लागि पर्याप्त थियो। तर गाउँपालिकाले त्यसलाई प्राथमिकतामा राखेन। जसका कारण अहिले पनि गाउँपालिकामा एम्बुलेन्स छैन। जसले गर्दा गर्भवती महिलाहरुले घर तथा सडकमै प्रसुती हुन बाध्य छन्।

शनिबार बिजयनगर गाउँपालिका–५ की एक महिलाले एम्बुलेन्सको अभावमा बिच सडकमा ट्याक्टरमै बच्चा जन्माईन्। बिजयनगर गाउँपालिका वडा नं.५ कटुवा गाउँकी उर्मिला कोरी गर्भवती भएको नौ महिना पुगेको थियो। उनलार्य शनिबार बिहान सुत्केरी ब्यथाले च्याप्यो। परिवारले एम्बुलेन्स तथा गाडी खोजेर छिटो भन्दा छिटो अस्पताल पुर्‍याउन खोजे। तर एम्बुलेन्स र गाडी कहीँकतै  नभेटेपछि घरमा रहेको लु३त २४४८ नम्बरको ट्याक्टरमा उर्मिलालाई राखेर चन्द्रौटातर्फ लगीयो। उर्मिलालाई उफार्दै ट्याक्टरले करिब १५ किलोमिटरको दुरी पार के गरेको थियो उनले ब्यथा सहन नसकेर त्यहीं बच्चा जन्माईन्।

चन्द्रौटा सहरको बिच बाटोमै कष्टपूर्ण तरिकाले बिहान १० बजे उर्मिलाले बच्चा पाएकी हुन्। बुहारी उर्मिलासँग ट्याक्टरमै आएकी सासु कमालवतीले गाउँमा एम्बुलेन्स नपाउदा बुहारीलाई ट्याक्टरमा ल्याउन बाध्य भएको बताईन्। ‘ बुहारीलाई बिहान एक्कासी सुत्केरी ब्यथाले च्याप्यो, एम्बुलेन्स नपाएपछि घर कै ट्याक्टरमा चन्द्रौटा अस्पतालमा लादै थियौ, बाटोमै बच्चा जन्मियो’ उनले भनिन्, ‘शीतलहरको जाडो र ट्याक्टरले हल्लाउदा बुहारीलाई निकै पीडा भएको थियो, भगवानको कृपाले बुहारी र नातिलाई केही भएन’।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकोले आफुले डेलिभरी गराउन शिवराज नगरपालिका चन्द्रौटामा ल्याउन’ परेको उनले बताईन्। उर्मिलाका ससुरा कलम कोरीले गाउँपालिकामा हालसम्म पनि एम्बुलेन्स र गतिलो स्वास्थ्य केन्द्र नहुँदा आफ्नो बुहारी जस्तै अन्य महिलाहरुले पनि घरमै जोखिमपूर्ण रुपमा बच्चा जन्माउन बाध्य छन्। गाउँपालिकाले एम्बुलेन्स खरिद नगर्दा यहाँका बासीन्दाहरु पिडामा  रहेकोे उनले सुनाए।

एम्बुलेन्स र राम्रो स्वास्थ्य केन्द्र नहुँदा घरमै असुरक्षित बच्चा जन्माउदा कैयो महिले अकालमा ज्यान गुमाउनु परेको पनि उनले बताए। बिजयनगर गाउँपालिकामा गुगौली र पत्थरदेईया स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर छ। तर एम्बुलेन्स नहुँदा समस्या परेको गाउँलेहरु बताउँछन्।

गाउँपालिका प्रमुख गोपालबहादुर थापाले प्र्रकृया नमिल्दा अहिलेसम्म एम्बुलेन्स किन्न नसकिएको दाबी गरे। उनले यस वर्ष नै एम्बुलेन्स खरिद गर्ने बताए। ‘यस वर्ष एम्बुलेन्स खरिद गर्न १५ लाख बजेट बिनियोजन गरेका छौ’ उनले भने। जिल्ला स्वास्थ्य कार्यालय अनुसार जिल्लामा अझै ५३ प्रतिशत प्रसुती घरमै हुने गरेको छ। जिल्लामा २७ प्रसुती केन्द्र रहेका छन्।

 

 

 

प्रकाशित: ६ पुस २०७६ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App