१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६ किलो कोकिनसहित ४ जना विदेशी पक्राउ

फाइल फोटो

काठमाडौं– प्रहरीले ६ किलो कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ गरेको  छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संयुक्त टोलीले ६ किलो कोकिनसहित उनीहरूलाई पक्राउ गरेको हो।

विमानस्थलबाट ४ केजी कोकिनसहित २ जना र ठमेल क्षेत्रबाट २ केजीसहित थप दुईजनालाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित: ६ पुस २०७६ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App