दुई शताब्दी पुरानो सम्पदा बेहाल

आइतबार, ०३ पुष २०७३, ०८ : ५८ खिलक बुढाथोकी  | @KhilakB

काठमाडौं- राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर महादेव मन्दिरको इतिहास दुई सय १४ वर्षभन्दा पुरानो छ। यसको प्रमाण हो, राजा रणबहादुर शाहकी माहिली रानी सुर्वणप्रभादेवीले त्यहाँ चढाएको घन्टा, जसमा १८५८ साल उल्लेख छ। बूढापाकाका अनुसार पहिले त्यहाँ वरिपरि सत्तल र सत्तलको बीचमा नन्दीकेश्वर महादेवको मन्दिर थियो। अहिले मन्दिर एकातिर मात्र सत्तल बाँकी छ। बाँकी तीनतिर सत्तलको भग्नावशेष समेत छैन। चारैतिर सत्तल र बीचमा महादेव मन्दिर रहेको यो ठाउँ नन्दीकेश्वर बहालका नामले पनि प्रसिद्ध छ।

रानी सुर्वणप्रभादेवीले आफ्ना दुई छोरासहित सप्ताह यज्ञ गरी सुनको घडासहित मन्दिर स्थापना गरेको शिलालेखमा उल्लेख भएको इतिहासकार बताउँछन्। तर, मन्दिर परिसरको उक्त शिलालेख अहिले पढ्न सकिने अवस्थामा छैन।

मन्दिरमा चढाइएको घन्टामा लेखिएको मितिभन्दा पहिले नै मन्दिर बनेको अनुमान गरिएको छ। मन्दिरसँगै चारैतिर दुईतले सत्तल बनाइएको थियो। उक्त सत्तल धर्मशालाको रूपमा प्रयोग हुँदै आएको थियो। सत्तलमा अनाथ, गरिब तथा विभिन्न काममा राजधानी आएकालाई भोजन गराइने प्रचलन रहेको पुरातŒवविद् तारानन्द मिश्र बताउँछन्। मन्दिर तथा सत्तलसँगै बगैँचा र जलका लागि तलाउ समेत बनाइएको मन्दिरका विषयमा विभिन्न समयमा लेखिएका लेखमा उल्लेख छ।

विडम्बना दुई सय १४ वर्षभन्दा पुरानो ऐतिहासिक सम्पदाको महŒवको भने दिन प्रतिदिन घट्दै गएको छ। अहिले मन्दिर जीर्ण अवस्थामा छ। वरिपरिका सत्तलको निसाना मेटिने क्रममा छ। दुईतिरको सत्तल र मन्दिर १९९० सालको भूकम्पमा भत्किएको जानकार बताउँछन्।

प्यागोडा शैलीमा रहेको मन्दिर १९९० सालको भूकम्पपछि गुम्बज शैलीमा बनाइयो तर सत्तल बनाइएन। ०७२ को भूकम्पले नब्बे सालको भूकम्पबाट बाँकी रहेका सत्तल समेत भत्कायो। एकातिरको सत्तल भने ०७२ को भूकम्पले एकतला बाँकी राखेको छ।

सत्तलमा २००४ सालदेखि नन्दी रात्रि मावि चल्दै आएको थियो। १९९० सालमा सत्तल भत्किएतिर नन्दी माविले भवन बनाएको हो। त्यो भवन पनि गत वर्षको भूकम्पले भत्कायो। अहिले त्यहाँ कंक्रिट प्रयोग गरेर भवन बनाइँदै छ।

सयौँ वर्ष पुराना सम्पदा रहेको ठाउँमा कानुनअनुसार कंक्रिटको भवन निर्माण गर्न पाइँदैन। यसको निगरानी पुरातŒव विभागले गर्नुपर्ने हुन्छ। उक्त सम्पदा क्षेत्र गुठी संस्थानअन्तर्गत रहेकाले त्यहाँका गतिविधि संस्थानले नै हेरिरहेको विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन्। ‘जसले सञ्चालन गरे पनि सम्पदा क्षेत्रको कुनै पनि निर्माण कार्य गर्दा विभागसँग स्वीकृत लिनुपर्छ,’ दाहालले भने, ‘त्यहाँ के भइरहेको छ भन्नेबारे गुठी संस्थानले केही खबर गरेको छैन।’

विभागले कुनै स्वीकृति नदिएको दाहालले जनाए। उसो त विभागलाई स्थानीय तथा पुरातŒव क्षेत्रमा काम गर्ने संस्थाले समेत त्यहाँ कंक्रिटको भवन बन्दै छ भनेर लिखितै खबर गरेका थिए। ‘सम्पदा क्षेत्रमा कंक्रिटका भवन बनेपछि हामीले पुरातŒवलाई चिठी लेखेरै ६ महिनाअघि पठाएका हौँ,’ नेपाल हेरिटेज सोसाइटी अध्यक्ष अम्बिका श्रेष्ठले भनिन्, ‘तर पुरातŒवले पनि केही गरेन। भवन बन्ने क्रम भने जारी छ।’ श्रेष्ठले विद्यालयका लागि भन्दै दाताले कंक्रिटका भवन ठडाइरहेका हुन्।

त्यहाँ कंक्रिटका भवन बनाउन विद्यालयले गुठी संस्थानसँग पनि स्वीकृति नदिएको विद्यालयले जनाएको छ। विद्यालयले उक्त ठाउँमा दाताको सहयोगमा विद्यालय भवन बनाइरहेको हो। भूकम्पपछि सत्तलको भग्नावशेष पन्छाएर दाताकै सहयोगमा प्रि–फ्याबको भवन बनाएर विद्यालयले कक्षा सञ्चालन गरिरहेको छ। अहिले कंक्रिटको भवन बनाइरहेको ठाउँमा पहिले कंक्रिटबिनाको भवन थियो।

‘त्यहाँ पहिला भवन नै थियो,’ नन्दी माविकी प्रधानाध्यापक गीता काफ्ले भन्छिन्, ‘त्यहाँको भवन गत वर्षको भूकम्पले भत्काएपछि अहिले उक्त ठाउँमा सोही नक्साअनुसार बनाइएको हो।’ तर, गुठी संस्थानसँग स्वीकृत नलिएको काफ्लेको भनाइ छ।

गुठी संस्थानकै स्थापना ०२२ सालमा भएको हो। ०२२ सालअघि त्यहाँ के कस्तो थियो भनेर सबै जानकारी नहुँदा पनि गुठी संस्थान अलमलमा देखिन्छ। ‘त्यहाँ कंक्रिटको भवन नबनाउन हामीले पत्र काटेका हौँ,’ गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले भने, ‘पहिले पनि भवन रहेको थियो, अहिले पनि त्यही ठाउँमा भवन बनाएका हौँ भन्दै विद्यालयले भवन बनाइरहेको छ।’

अहिले कंक्रिटको भवन बनेपछि गुठी संस्थानले उक्त ठाउँमा पुरानै शैलीका सत्तल बनाउन अध्ययन टोली गठन गरेको जनाएको छ।

जीर्णोदार मन्दिर पुनःनिर्माण र मन्दिर परिसरका सत्तललाई पुरानै अवस्थामा फर्काउनुपर्ने स्थानीयको माग छ। 'ऐतिहासिक सम्पदाको महत्व बिस्तारै हराउँदै गएको छ,’ स्थानीय योगेन्द्र शाक्यले भने, 'सम्बन्धित निकायले यसको महत्व नबुझिदिँदा स्थानीयले मात्रै जोगाउन सकिएको छैन।’ यहाँको जग्गा समेत अधिग्रहण हुँदै गएको स्थानीयको भनाइ छ।

पुरानो पुस्ताले अझै पनि उक्त मन्दिरलाई पशुपतिपछिको दोस्रो मन्दिरको रूपमा चिन्ने गरेको स्थानीय सानु तामाङले बताए। मन्दिरमा अहिले पनि दैनिक पूजारी आएर पूजापाठ गर्छन्। विभिन्न समय मेलापर्व लाग्ने गर्छ। तर, मन्दिरको संरक्षण र ऐतिहासिक पक्ष जोगाउन नसक्दा महत्व भने घट्दै गएकोप्रति तामाङले दुखेसो पोखे। उनले मन्दिरको नाममा रहेको सम्पत्तिसमेत हराउँदै गएको बताए। गुठीका अनुसार मन्दिरमा करिब तीन रोपनी, मन्दिरसँगै रहेको तरकारीबजार सात रोपनी र अहिले बनेको पार्कमा १९ रोपनी जग्गा रहेको छ। तरकारीबजारबाट भने गुठीले भाडा उठाउँदै आएको छ।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad